तमिलमा फिल्म स्टन्टम्यानको मृत्युपछि ७ सय स्टन्टम्यानको बीमा गरिदिने अक्षय कुमारको घोषणा


काठमाडौं – हालै तमिल फिल्म को सेटमा स्टन्टम्यान एसएम राजूको दुखद मृत्युले फिल्म उद्योगमा स्टन्ट कलाकारहरूको सुरक्षाको मुद्दा पुनः चर्चामा आएको छ। यो घटनाले देशभरका स्टन्टम्यानहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यही सन्दर्भमा बलिउडका एक्शन हिरो अक्षय कुमारले ठूलो कदम चालेर करिब –७०० स्टन्टम्यान र स्टन्टवुमन को जीवन र स्वास्थ्य बीमा गराएका छन्।

फिल्ममा देखिने स्टन्टहरू जति सजिलो र आकर्षक देखिन्छन्वा स्तविकतामा ती त्यति नै जोखिमपूर्ण हुन्छन्। तमिल निर्देशक रंजीतको फिल्मको सुटिङका क्रममा १३ जुलाई २०२५ मा स्टन्टम्यान राजू मोहनराज ले कार स्टन्ट गर्ने क्रममा ज्यान गुमाए। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्टन्टम्यानको सुरक्षाप्रति थप चासो र बहस सुरु भएको हो।

अक्षय कुमार स्टन्टम्यानहरूको जोखिमपूर्ण कामको महत्व  बुझेर करिब ६५०–७०० स्टन्टम्यान र स्टन्टवुमनको स्वास्थ्य र दुर्घटना बीमा गराएका छन्। यो बीमा योजनाअन्तर्गत सेटमा वा बाहिर कुनै दुर्घटनामा परेमा स्टन्टम्यानलाई ५ देखि ५।५ लाख भारतीय रुपैयाँसम्मको नगदरहित उपचार सुविधा उपलब्ध हुनेछ। साथै, मृत्युको अवस्थामा परिवारलाई २०–२५ लाख रुपैयाँ को आर्थिक सहायता प्रदान गरिनेछ।

अक्षयले विगत आठ वर्षदेखि स्टन्टम्यानको सुरक्षाका लागि काम गर्दै आएका छन्। उनले आफ्नो व्यक्तिगत कोषबाट यो बीमा योजनालाई समर्थन गरेका छन् ।  उनको संवेदनशीलता र जिम्मेवारीबोधलाई वी स्टन्ट आर्टिस्ट्स एसोसिएसनका महासचिव एजाज खानले पनि अक्षयको यो पहललाई  जीवन रक्षक भनेर प्रशंसा गरेका छन्।