भारतले अघि सार्‍यो प्रधानमन्त्री सुरक्षा बीमा योजना: २० भारुमा २ लाखसम्मको बीमा कभर गर्ने


काठमाडौं – भारत सरकारले कम आय भएका नागरिकलाई लक्षित गरी सस्तो र प्रभावकारी बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत वार्षिक मात्र २० रुपैयाँ प्रिमियम तिरेर २ लाख रुपैयाँसम्मको दुर्घटना बीमा कभर प्राप्त गर्न सकिन्छ। यो रकम दुई कप चियाको मूल्य बराबर हो । जसमा भारत सरकारले चिया र चुरोट छोडेर बीमा भन्ने स्किम पनि सुरु गरेको छ । जसले न्यून आय भएका व्यक्तिहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। 

प्रधानमन्त्री सुरक्षा बीमा योजना सन् २०१५ मे ९ मा सुरु भएको हो। भारत सरकारद्वारा सञ्चालित यो योजनाले दुर्घटनाका कारण हुने मृत्यु वा पूर्ण अशक्तताको अवस्थामा बीमित व्यक्तिको परिवारलाई २ लाख रुपैयाँ र आंशिक अशक्तताको अवस्थामा १ लाख रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गर्छ।

यो योजना विशेष गरी न्यून आय वर्गका नागरिकहरूका लागि डिजाइन गरिएको हो, जसले सानो रकममा ठुलो आर्थिक सुरक्षा सुनिश्चित गर्छ। यो योजनामा सहभागी हुन १८ देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरू योग्य छन् ।  सहभागीको बैंक खातामा आधार कार्ड लिंक भएको हुनुपर्छ। प्रिमियम रकम हरेक वर्ष स्वतः बैंक खाताबाट काटिन्छ। 

भारत सरकारले यो योजनामार्फत दुर्घटनाबाट हुने आर्थिक जोखिमलाई कम गर्न र नागरिकहरूलाई सुरक्षित भविष्य प्रदान गर्न प्रयास गरेको छ। यो योजनाले लाखौँ भारतीय परिवारलाई आर्थिक स्थिरता प्रदान गर्ने अपेक्षा गरिएको छ।