सुनको मूल्यमा भारी गिरावट, प्रतितोलाको मूल्य कति ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।