३ दशक बढी बैंकिङ्ग क्षेत्रमा अनुभव सम्हालेका बैंकर जोशी काठमाडौं फिनटेकको सल्लाहकारमा नियुक्त


काठमाडौं – काठमाडौं फिनटेकको सल्लाहकारमा बैंकर सशिन जोशी नियुक्त भएका छन् । ३ दशकभन्दा बढी बैंकिङ्ग तथा वित्त क्षेत्रमा अनुभव सम्हालेका बैंकर तथा बैंकिङ्ग व्यवसायी जोशी काठमाडौंको फिनटेकको सल्लाहकारमा नियुक्त भएका हुन्। 

३ दशकभन्दा बढी बैंकिङ्ग तथा वित्त क्षेत्रमा अनुभव भएका जोशीले रणनीतिक योजना, डिजिटल नवप्रवर्तन र नेतृत्वमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्। जोशीले फोन पेको अध्यक्ष, जावालाखेल ग्रुप अफ इन्डस्ट्रीजका पूर्व समूह कार्यकारी निर्देशक, नाबिल  बैंक र एनआइशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत, साथै स्टान्डर्ड चार्टर्डमा कर्पोरेट तथा संस्थागत बैंकिङ्गको नेतृत्वदायी भूमिका रहेका छन् ।

संस्थापक र प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले भने,‘श्री सशिन जोशीजस्तो सम्मानित बैंकिङ्ग व्यक्तित्व काठमाडौं फिनटेकको सल्लाहकारमा आबद्ध हुनु केवल हाम्रो संस्थाका लागि मात्र होइन, समग्र बैंकिङ्ग र फिनटेक क्षेत्रका लागि गौरवको कुरा हो। उहाँको रणनीतिक दृष्टिकोण, संस्थागत ज्ञान र डिजिटल परिवर्तनप्रतिको उत्साहले नेपालमा फिनटेक इकोसिस्टमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’ 

काठमाडौं फिनटेक, नेपालको बैंकिङ्ग र फिनटेक क्षेत्रमा सीप, ज्ञान र क्षमताको वृद्धिका लागि स्थापित तालिम र परामर्श प्रदायक संस्था हो। यो संस्था देश तथा विदेशका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गर्दै बैंकिङ्ग र फिनटेक क्षेत्रका लागि आवश्यक ज्ञान र सीप हस्तान्तरण तथा परामर्श प्रदान गर्दै आएको छ। फिनटेक क्षेत्रको दिगो विकासलाई केन्द्रमा राखेर यस संस्थाले प्रतिपादित गरेको ‘नेपाल फिनटेक फेस्टिव’ देशकै प्रतिष्ठित वार्षिक कार्यक्रमको रूपमा स्थापित भइसकेको छ।