सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।