नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको जम्मा २ लाख १४ हजार ४९ कित्ता शेयर बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुकले बैंकको शेयर शाखा लाम्पिाट, काठमाडौंमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन्। 

साथै, सो समयावधिमा विद्यामान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।