तलब नबढेर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

तलब नबढेर हैरान हुनुहुन्छ ? यसो गर्नुस्


पढाई पश्चात राम्रो जागीर खाने सोच सबैमा हुन्छ । तर जागीर मात्रै भएर त भएन । आकर्षक सुविधा, राम्रो तलव त्यसपछि काम गर्ने राम्रो वातावरण । अझ त्यसमा बोनस र भत्ताको पनि व्यवस्था भए त झनै काइदा । जागीरमा पदोन्नति होस्, वर्षैपिच्छे तलब बढिरहोस् भन्ने चाहना पनि सबैमा हुन्छ । यो स्वाभाविक पनि हो । तर, कहिलेकाहीँ कयौं वर्षसम्म पनि तलब बढ्दैन । पदोन्नति पनि हुँदैन । यस्तो किन भइरहेको छ भन्ने विषयमा मानिसहरु अक्सर तनावमा पर्ने गर्छन । यसका विभिन्न उपायहरु हुन सक्छन् । यस्तै तनावलाई मध्यनजर गर्दै तल उल्लेखित कुराहरुले तपाईको जीवनलाई केही फरक पार्ला कि !

तलब वृद्धिको माग नगर्नु 

आफ्नो कठोर परिश्रम र स्पष्ट देख्न सकिने नतीजाले स्वतः आफ्नो तलब वृद्धिमा सघाउने अपेक्षा हामी गर्दछौं । तर सधैं यस्तो नहुन पनि सक्छ । कर्मचारीले केही नबोलेपछि उनीहरू विद्यमान तलब र पदप्रति सन्तुष्ट रहेछन् भन्ने धारणा कम्पनी व्यवस्थापनमा आउन सक्छ । कतिपय अवस्थामा त तलब वृद्धिको माग नै गर्न सक्नेगरी काम नगरेको भएर पो चुप लागेर बसेको हो कि भन्ने पनि पर्न सक्छ । त्यसैले, आफ्नो अपेक्षा के हो र आपूmले कम्पनीलाई दिइरहेको योगदानबारे पनि बेलाबेलामा थाहा दिनुपर्छ । 

२. तलब बढाउने माग नै गलत

घर बनाउँदै हुनुहुन्छ अनि नियमित ईएमआई तिर्न तलबले नपुग्ने आदि निजी कारणले तलब बढाइदेऊ भन्नु उचित हुँदैन । तपाईंका यस्ता समस्या देखेर कम्पनीले कहिले पनि तलब बढाउँदैन । तलब वृद्धि तथ्य, तथ्यांक र प्रदर्शनमा आधारित हुन्छ । त्यसैले यसका लागि खुलेर बोल्नुभन्दा अघि कम्पनीको मुनाफा र मूल्यवृद्धिमा आफूले दिएको योगदान औंल्याउने यसको ठोस प्रमाण दिने गर्नुपर्छ । कम्पनीका लागि आपूm किन अपरिहार्य छु भन्ने कुराको पुष्टि गर्न सकिएन भने तलब पनि बढ्दैन र पदोन्नति पनि हुँदैन । 

३. सहकर्मीसँग बेमेल 

सहकर्मीसँग मिल्दै नमिल्ने, कार्यालयमा बखेडा मात्रै झिक्ने कर्मचारीलाई कसैले पनि मन पराउँदैनन् । तपाईं पनि सहकर्मीहरूसँग झगडा गरिरहनुहुन्छ, यो भएनरत्यो भएन भनेर गुनासो गरिरहनुहुन्छ वा तपाईंसँग समूहमा मिलेर काम गर्न गाह्रो मान्ने जमात ठूलो छ भने पदोन्नति र तलब बढ्ने कर्मचारीको सूचीमा तपाईंको नाम पुछारमा आउँछ । त्यसैले तलब बढोस्, पदोन्नति भइरहोस् भन्ने चाहना राख्ने हो भने अरूले मन पराउने अनि आफ्नो दक्षता तिखार्दै जाने शीपको विकास गर्नुपर्छ । 

४. समूहमा काम गर्न नसक्ने बानी 

चाहे शिक्षा होस् या वित्त, सूचना प्रविधि होस् या सञ्चार हरेक क्षेत्रमा समूहमा मिलेर काम गर्न सक्ने कर्मचारीलाई बढी महत्त्व दिइन्छ । समूहमा काम गर्दा अरूले गरेको कामको श्रेय सम्बन्धित व्यक्तिलाई नदिएर आफै लिने, काम बिग्रिँदा त्यसको दोष अरूमाथि थुपारेर आफू पन्छिने बानी भएका व्यक्तिलाई कम्पनीले नेतृत्वदायक भूमिकाका लागि योग्य ठान्दैन । तपाईं टिम लिडर हुनुहुन्छ, तर समूहका सबै साथीलाई आफूसँगै डोहोर्‍याउन सक्ने खुबी छैन । अरूलाई मौका नदिएर सबै अवसर आफै उपयोग गर्नुहुन्छ, आफू मात्रै ‘लाइमलाइट’मा आउन खोज्ने बानी छ भने पनि तलब बढ्ने सम्भावना नगन्य हुन्छ । 

५. धेरै आशा नगर्ने

कहिलेकाहीँ हामीले आफूले गरेको कामलाई मात्र ठूलो देख्छौं । जानेर होस् या नजानेर मैले यो गरेँ, त्यो गरेँ भनेर आफ्नो दुःख र परिश्रमलाई मात्रै बढी मूल्यांकन गर्छौं । तपाईंले यस्तो सोचे पनि तपाईंको हाकिमले तपाईंबारे यस्तै सोच नराखेको पनि हुन सक्छ । बजारको अवस्था र कम्पनीको प्रदर्शनबारे विचार नगरीकन तलब त यसपालि यति बढ्नुपर्ने हो भनेर सोच राखिएको छ भने अपेक्षा पूरा नहुन पनि सक्छ । त्यसैले वास्तविकतासँग नमिल्दो अपेक्षा राख्दा मागेको भन्दा थोरै मात्रै तलब बढ्नु स्वाभाविक हो । ६। गल्तीमाथि गल्ती कुशलतापूर्वक, छिटो अनि विना कुनै गल्ती काम गर्नु राम्रो कर्मचारीको परिचय हो । तर कुनै पनि परियोजनामा वा दिइएको काममा बारम्बार गल्ती गरिरहने, पुराना गल्तीबाट पाठ पनि नसकिने बानीले अन्ततः कम्पनीलाई त घाटा हुन्छ नै, त्यस्ता कर्मचारीलाई कसैले पनि राम्रो मान्दैनन् । तलब सुविधा बढ्ने सम्भावना पनि कम हुन्छ । यस्ता कर्मचारीलाई कम्पनीले राखिरहनु नै ठूलो कुरा हो । त्यसैले गल्तीबाट पाठ सिकेर त्यस्ता गल्ती सकेसम्म नदोहोर्‍याउने, आफ्नो प्रदर्शन सुधार्ने र कुशलता बढाउने प्रयास गर्नु नै बेश हुन्छ । 

७. पाउनुपर्नेभन्दा धेरै पाइरहेको छ कि ? 

काम गर्ने क्रममा हरेक वर्ष वा निर्धारित समयमा तलब वृद्धि र पदोन्नति नहुन पनि सक्छ । आफु  कम्पनीको संगठनात्मक पदक्रममा कुन खुड्किलोमा छु भन्ने पनि हेर्नुपर्छ । कहिलेकाहीँ कम्पनीहरूले कर्मचारीलाई खुशी बनाउन कुनै वर्ष उनीहरूको पद र स्तरभन्दा धेरै तलब दिने गर्छन् । तर त्यसपछिका केही वर्षमा भने तलब वृद्धि शून्यको स्तरमा हुन्छ । यसको अर्को कारण पनि हुन सक्छ । कम्पनीले प्रमाणपत्र र अनुभवका आधारमा शुरूमै धेरै तलब दिएको हुन्छ । तर, पछि सोहीअनुसार काममा उल्लेख्य प्रगति नहुँदा खाइपाइ आएको तलब ठीकै छ भनेर बढाइँदैन । 

८. अपेक्षाअनुसारको काम मात्रै गर्ने 

कर्मचारीले आफूबाट हाकिमले अपेक्षा गरेको काम र जिम्मेवारी सकेसम्म पूरा गर्ने प्रयास गर्छन् । तर सधैं निर्धारित उत्तरदायित्व मात्रै पूरा गर्ने कर्मचारी हाकिमको नजरमा खासै पर्दैनन् । उनीहरूको प्रशंसा पनि खासै हुँदैन र तलब बढ्ने सम्भावना त झनै नगन्य हुन्छ । तपाईंमध्ये केहीको केही वर्षयता पदोन्नति भइरहेको छैन वा तलब सुविधा पनि बढेको छैन भन्ने आफ्नो प्रदर्शनको मूल्यांकन गर्नुहोस् त, तपाईं मध्यम खालको कर्मचारी पो हुनुहुन्छ कि रु ९। नयाँ शीप सिक्न नमान्ने कम्पनीमा समयसमयमा पदोन्नतिसहित तलब पनि बढोस् भन्ने चाहना सबैको हुन्छ । तर यसका लागि समय सुहाउँदो शीप विकास र विस्तार गर्नु त जरुरी छ नै, परिवर्तित समयअनुसार आफूलाई ढाल्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । आफूले काम गरिरहेको क्षेत्रसँग सम्बन्धित नयाँ प्रविधि वा सूचनाबारे जान्न नमान्ने, सोहीअनुरूप आपूmलाई नढाल्ने हो भने त्यस्ता कर्मचारीले कम्पनीको मूल्यवृद्धिमा केही पनि टेवा दिन सक्दैनन् । कम्पनीले यस्ता कर्मचारीलाई विस्तारै पाखा लगाएर कामबाटै निकाल्न पनि सक्छ । 

१०. समस्या मात्रै निकाल्ने, समाधान नखोज्ने 

यो भएन, त्यो भएन, यस्तो समस्या भयो, उस्तो समस्या भयो भनेर तपाईं सधैं हाकिम र अन्य सहकर्मीसँग गनगन गरिरहनुहुन्छ ? आफूभन्दा कनिष्ठ कर्मचारी र समूहका सदस्यले कुनै समस्या लिएर आउँदा सोको समाधान निकाल्न सक्नुहुन्न ? यदि यस्तो हो भने यसले पनि तपाईंको पदोन्नति र सेवा सुविधामा असर पार्न सक्छ । यो धेरैजसो शीर्ष पदमा रहेका कर्मचारीमा मिल्छ । कम्पनीले कर्मचारीलाई जस्तोसुकै समस्यासँग पनि जुध्न सक्छ, समाधान निकाल्न सक्छ भन्ने सोचेर ठूलो पदमा राखेको हुन्छ । तर, उसले अपेक्षा गरेअनुरूप समाधान निकाल्न सकेन भने पनि पदोन्नति र तलब वृद्धि रोकिन्छ । 

एजेन्सीको सहयोगमा