कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग क्षेत्रमा थुप्रियो निक्षेप, ८० अर्ब उठाउँदै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ८० अर्बको निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुधार आउन नसक्दा बैकिङ्ग प्रणलीमा निक्षेप थुप्रिदै गइरहेको छ । सोहि निक्षेपलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बजारबाट ८० अर्ब खिच्न लागेको हो ।

केन्द्रीय बैंकले आज दिउँसो तिन बजेसम्म बोलकबोल गर्न सक्नेछन् भने ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकले सो निक्षेप ५६ दिनको लागि संकलन गर्न लागेको हो । जसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्नसक्नेछन् ।

राष्ट्र बैंककाअनुसार निक्षेप संकलनकोलागि आव्हान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहने उल्लेख छ ।