काठमाडौं – भारतको सार्वजनिक क्षेत्रको ‘इन्डियन ओभरसिज बैंक’ ले आगामी त्रैमासमा १ अर्बभन्दा बढी खुद नाफा कायम राख्नेमा विश्वास राखेको छ । बैंकले जनवरी–मार्च २०२५ को त्रैमासिकमा आफ्नो हालसम्मकै सर्वाधिक १,० अर्ब ५१ करोड खुद नाफा गरेको थियो।
इन्डियन ओभरसिज’ बैंकको प्रबन्ध निर्देशक अजय कुमार श्रीवास्तवले पनि १ अर्ब नाफा कमाउन कुनै गाह्रो नहुने बताएका छन्।
उनी भन्छन्,‘हामी यो विश्वासलाई पूरा गर्न सक्छौ । यहाँबाट पनि बढाउनमा धेरै विश्वस्त छौँ। यदि पछिल्लो दुई वर्षको हाम्रो खुद नाफा त्रैमासिक रूपमा हेर्ने हो भने यो बढिरहेको छ। ग्राफ धेरै स्थिर छ ।’



About Us
प्रतिक्रिया