काठमाडौं – साताको तेस्रो कारोबारको दिन आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८० दशमलव ९७ अंकले बढेर २९ सय ७३ दशमलव ७० को विन्दुमा बन्द भएको छ । आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा ट्रेड टावरका लगानीकर्ता रहेका छन् । आज याे कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एलबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज माइक्रोफाइनान्स समूहको ४.१० प्रतिशत, विकास बैंक समूहको २.३४ प्रतिशत, वाणिज्य समूहको २.१० प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत र होटल तथा पयर्टन समूहको ३.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।



About Us
प्रतिक्रिया