काठमाडौं –सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलुनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



About Us
प्रतिक्रिया