भूगोल इनर्जीले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले लगानीकर्ताहरूलाई साउन २२ गते विशेष साधारण सभामा बोलाएको छ । कम्पनीको शेयर रजिस्टर्ड कार्यालयमा साउन ५ गते बसेको बैठकले उक्त सभा काजीको किचन, पुरानो बानेश्वर काठमाडौंमा बिहान ९ बजे बस्ने निर्णय भएको हो। 

उक्त, सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र सो हकप्रद शेयर अनुसार प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्तावहरूमा रहेका छन् । साथै, अधिकृत जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने गरी प्रबन्ध पत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने जस्ता प्रस्तावहरू रहेका छन् ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ ।  जसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साउन १३ गतेसम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीले मात्रै सो सभामा भाग लिन तथा मतदान गर्न सक्नेछन् ।