काठमाडौं- रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।
शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रूपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रूपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रूपैयाँ बराबरको सात वटा दाबी परेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रूपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ रूपैयाँ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रूपैयाँ बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी युनाइटेड अजोडमा ६८ लाख रूपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा४७ लाख रूपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रूपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ ।
रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।





About Us
प्रतिक्रिया