२९ सय अंक छोएर फर्कियो नेप्से परिसूचक, २१ अर्बको कारोबार

‘बैंकिङ्ग समूहमा २२ दशमलव ४६ अंकको गिरावट’


काठमाडौं – मौद्रिक नीति प्रश्चात् लगातार बढको बजारमा आज सामान्य करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अकंले घटेर २८६७.७६ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको हो । आइतबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ ।

आज १०५ कम्पनकिो शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ट्रेड टावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । शिभश्री हाइड्रोका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।