गण्डकी प्रदेशले ६ गते बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै


काठमाडौं – नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराले ६ गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कार्यालयले लिने परीक्षा बिहान ११ बजेदेखि शुरू भएर साढे १२ बजेसम्म चल्नेछ।

बीमा ऐन, २०७९ अनुसार बीमा एजेण्टको लाइसेन्स पाउनका लागि अनिवार्य रूपमा परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

यो परीक्षामा नेपाल भरका परीक्षार्थी समावेश गरिने व्यवस्था गरिएको गण्डकी प्रदेश कार्यालयमा जनाएको छ।