काठमाडौं – सान्भि इनर्जीको शेयर आज (आइतबार) देखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता मूल्य १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मको सीमा पाएको हो ।
कम्पनीको ८८ लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ५० लाख १० हजार अर्थात् ५६.९३ प्रतिशत र सर्वसाधारण समूहको ३७ लाख ९० हजार कित्ता अर्थात् ४३.०७ प्रतिशत छ ।
कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।



About Us
प्रतिक्रिया