काठमाडौं – सांग्रिला डेभलपमेन्ट विकास बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको जम्मा ३१ हजार २२७ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त, शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।
उक्त, शेयरमा बैंकले तोकेको समयावधि भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएका सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंककले जनाएको छ ।



About Us
प्रतिक्रिया