गैर-बैंक भुक्तानी संस्थाका लागि लाभांश वितरण मार्गदर्शन जारी, यी व्यवस्थामा भए हेरफेर


काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ। याे व्यवस्थाअनुसार अब डिजिटल भुक्तानी सेवा प्रदान गरिरहेका इसेवा, खल्तीजस्ता कम्पनीहरू र भुक्तानी प्रणाली सञ्चालक लगायतका गैर-बैंक भुक्तानी संस्थाहरूले तोकिएको शर्तमा रही लाभांश दिन पाउने छन् ।

ले लाभांश वितरण गर्नुअघि जोखिम बहन कोष, जगेडा कोष, पूर्वाधार विकास कोष लगायत विभिन्न कोषहरूमा मुनाफाको अंश छुट्याउनुपर्नेछ। साथै, लाभांश वितरणका लागि वित्तीय अवस्था सबल हुनुपर्ने र राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएकाे छ । तर, उक्त संस्था तथा कम्पनीहरूले लाभांश दिँदा शर्तहरूको पालना गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

यस मार्गदर्शनको उद्देश्य देहायबमोजिम रहेका छन् :-

(१) मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई मार्गदर्शन प्रदान गर्ने ।

(२) अनुमतिपत्रप्राप्त संस्थालाई नियामकीय पूँजी (Regulatory Capital) कायम गर्न आधार निर्माण हुने ।

(३) अनुमतिपत्रप्राप्त संस्थाको कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि श्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने ।

(४) व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने ।

(५) समग्र भुक्तानी प्रणालीको सवलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिवृद्धि हुने ।

३. लाभांश नीति (Dividend Policy) अनुमतिपत्रप्राप्त संस्थाले यस मार्गदर्शन समेतलाई आधार लिई लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नु पर्दछ । यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्ने छ । लाभांश नीतिमा मुख्य गरी देहायका विषयहरु समावेश गर्नुपर्ने छ:

३.१ नियामकीय पूँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण ।

३.२ नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति ।

३.३ अनुमतिपत्रप्राप्त संस्थाले कम्तिमा देहायका कोषहरुको व्यवस्था गर्नुपर्ने :

१) जोखिम बहन कोष (Risk Bearing Reserve)
(२) जगेडा कोष (General Reserve)
संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउने सम्बन्धमा उल्लेख गर्नुपर्ने । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनावाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिने। कोषहरुबाट भएको खर्चको विवरण यस बैंकलाई जानकारी गराउनुपर्ने ।

४ भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोष (Infrastructure Development Reserve) को समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्ने । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने ।
३.५ नेपाल राष्ट्र बैंकले तोकेका अन्य कोषहरुमा जम्मा गर्नुपर्ने रकम ।


४. लाभांश वितरणका पूर्वशर्तहरु
लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुन्छ । यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा देहायका पूर्वशर्तहरु पालना गर्नुपर्दछ :
(१) लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको ।
(२) संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने ।
(३) शेयर प्रिमियम एवं Bargain Purchase Gain बाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको Net worth ऋणात्मक नरहेको ।
(४) नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको ।
(५) संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरु (Loan Covenants) ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको।
(६) यस बैंकवाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको ।


५. लाभांश वितरणको प्रस्ताव र स्वीकृति सम्बन्धी व्यवस्था
५.१ बुदाँ नं ३ मा व्यवस्था भएबमोजिमका कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन् । लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ ।
५.२ संस्थाको संचित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि देहायका कागजातहरु पेश गर्नुपर्ने छ :
(१) लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,
(२) लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र,

५. लाभांश वितरणको प्रस्ताव र स्वीकृति सम्बन्धी व्यवस्था
५.१ बुदौ नं ३ मा व्यवस्था भएवमोजिमका कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन् । लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ ।


५.२ संस्थाको संचित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि देहायका कागजातहरु पेश गर्नुपर्ने छ :
(१) लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,
(२) लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र,
(३) बुदाँ नं ३ मा व्यवस्था भएबमोजिमका कोषहरुमा रकम छुट्याइएको विवरण,
(४) संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण (सम्पूर्ण कागजातसहित निवेदन पेश गर्दा ६ महिना व्यतित नभएको),
(५) बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानूनी व्यवस्थाको पालना भएको हुने व्यहोरा सहितको स्वःघोषणा ।