३ लाख ५० हजार बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं –  बैंकिङ्ग  कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।  

उच्च अदालत पाटनको २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ति बापत १६ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टाेलीले काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको प्रहरीले जनाएको छ ।