काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ढकाल बिहीबारदेखि लागू हुनेगरी बैंकको अध्यक्षमा नियुक्त भएका हुन् । मंसिरमा मात्रै ढकालले राष्ट्र बैंकमा २७ वर्षे कार्यकाल पूरा गरी अवकास पाएका थिए ।
उनले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, बैंक सुपरिवेक्षण विभाग र प्रवक्ताको भूमिकामा रहेर काम गरिसकेका छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग वित्तीय क्षेत्रको राम्रो अनुभव छ ।






About Us
प्रतिक्रिया