\’लक्ष्मी उन्नति फण्ड\’को इकाई सर्वसाधारणले नरुचाएपछि संस्थागतलाई बिक्री खुला

\’लक्ष्मी उन्नति फण्ड\’को इकाई सर्वसाधारणले नरुचाएपछि संस्थागतलाई बिक्री खुला


बैकिङ्ग समाचार । 
लक्ष्मी म्युचुअल फण्डअन्तर्गतको 'लक्ष्मी उन्नति' कोषले सर्वसाधारणका लागि जारी गरेको इकाई निर्धारित समयमा बिक्री नभएपछि संस्थागत लगानीकर्तालाई समेत बिक्री गर्ने भएको छ ।

दोस्रो बजारमा सूचीकृत अधिकांश म्युचुअल फण्डहरुको इकाई मूल्य नै अंकित मूल्य दश रुपैयाँभन्दा तल भएको अवस्थामा लक्ष्मी उन्नति फण्डको इकाई बिक्री हुन नसकेको हो । फण्डले सर्वसाधरणका लागि ६० करोड ८० लाखबराबरको ६ करोड ८० लाख इकाईमा सर्वसाधारणका लागि बिक्रीमा राखेको थियो ।

साउन ११ गतेदेखि आवेदन खुला भएको उक्त फण्डमा छिटोमा साउन १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएकोमा सो अवधिमा सबै इकाई बिक्री नभएपछि कम्पनी, संस्था र अन्य कोषहरुले समेत लगानी गर्न पाउने गरी आवेदन खुला गरेको हो। जसमा साउन २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

फण्डको कुल ८० करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई बिक्रीमा ल्याएकोमा १५ प्रतिशत इकाई अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको थियो।

फण्डको इकाईमा न्यूनतम १०० देखि ८० लाख इकाईका लागि आवेदन दिन सकिन्छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु र मेरो शेयरमार्फत अनलाईनबाट घर तथा अफिसबाटै पनि आवेदन गर्न सक्नेछन्।

इक्रा नेपालले कोष प्रवद्र्धकलाई 'इक्रा एनपी आईआर बीबीबी प्लस' र कोष व्यवस्थापकलाई 'इक्रा एनपि एएमसी क्वालिटी ३ रेटिङ्ग' प्रदान गरेको छ।

इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने योजना क्यापिटलको छ।

लक्ष्मी क्यापिटलअन्तर्गत यसअघि दुईवटा फण्ड सञ्चालन गरिरहेको क्यापिटलले दश वर्ष अवधि रहेको तेस्रो बन्दमुखी म्युचुअल फण्डको इकाई बिक्रीमा ल्याएको हो। हाल पाँच वर्षे अवधिको लक्ष्मी भ्यालु फण्ड १ र ७ वर्षे लक्ष्मी इक्वीटी फण्ड सञ्चालनमा छन्।। भ्यालू फण्डको आकार ५० करोड छ भने इक्वीटी फण्ड १ अर्ब २५ करोड छ ।