काठमाडौं – सिटिजन लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ७ अर्ब ५१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क २०.८३ प्रतिशतले वृद्धि भएको हो ।
वैदेशिक रोजगारी बीमालेखको बीमाशुल्क समेत २ अर्ब ३८ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा १ अर्ब ९६ करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।





About Us
प्रतिक्रिया