साताको सुन कारोबार: ४ सय रुपैयाँले घट्यो मूल्य 


काठमाडौं – यो साताको  पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो । त्यसदिन मूल्य बढेसँगै प्रतितोला सुन १ लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भयो। यस्तै, सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो । त्यसदिन प्रतितोला सुनका एक लाख ९३ हजार तीन सय रुपैयाँमा काराेबार भयाे ।

आइतबार र सोमबार दुवै दिन बढेको सुनको मूल्य मंगलबार भने स्थिर रह्यो । त्यसदिन सुन सोमबारकै मूल्यमा कारोबार भएको थियो। बुधबार एकैदिन प्रतितोला १३ सय रुपैयाँले सुनको मूल्य घट्यो । त्यसदिन प्रतितोला सुनको मूल्य एक लाख ९२ हजार रुपैयाँ तोकियो । 

यस्तै, बिहीबार  सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो । मूल्य बढेसँगै त्यसदिन प्रतितोला सुन एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार २ सय रुपैयाँले बढ्दै प्रतितोला सुन एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भयो । समग्रमा यो साता सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो ।