काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१० प्रगति नगर बस्ने लमजुङ सुन्दर बजार नगरपालिका–१ घर भएका ३९ वर्षीय विजय मिश्र र काठमाडौं महानगरपालिका–२६ रानीवारी बस्ने बागलुङ, बागलुङ नगरपालिका–१३ घर भएका २८ वर्षीय अमित पाठक रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत लमजुङको फैसलाले उक्त मुद्दामा १ दिन कैद, २ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका विजयलाई काठमाडौं महानगरपालिका–१६ वनस्थलीबाट पक्राउ गरेको हो ।
साथै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई तार्केश्वर नगरपालिका–८ जरंखुबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउमध्ये विजयलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय भोटेओडार र अमितलाई प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया