काठमाडौं – हिमालयन बैंकले आजदेखि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको जम्मा २ लाख ५ हजार २४५ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुकले बैंकको कानुनी विभाग हेरिटेड प्लाजा कमलादी काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
बैंकले तोकेको म्यादभित्रमा विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा उल्लेखित शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया