कामना सेवाको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, सञ्चालन मुनाफा ९८.७० करोड


काठमाडौं – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल  ६३.५० अर्ब  रूपैयाँ निक्षेप संकलन गरी ५२.५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

साथै, सोही अवधिसम्म बैंकले ९८.७० करोड रूपैयाँसञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको चौथो त्रयमाससम्मको वित्तीय विवरण बमोजिम पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ३.३८ प्रतिशत रहेको छ । बैंकको प्रकाशित वित्तीय विवरण बमोजिम मुख्य मुख्य सूचकाङ्कहरू निम्न बमोजिम रहेका छन् ।

कुल चुक्ता पुँजी ३.५१ अर्ब
कुल निक्षेप६३.५० अर्ब
कुल कर्जा तथा सापट५२.५५ अर्ब
संचालन मुनाफा ९८.७० करोड
वितरणयोग्य मुनाफा ६०.७४ करोड
प्रतिशेयर आम्दानी १८.१०
आधार द७.०७ प्रतिशत
निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत


देशभरका १३० वटा शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको बैंकले आ.व २०८१।८२ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकेको भन्दा समयमा नै प्रकाशन गरेको छ । बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र वोर्डको स्विकृती पश्चात आवश्यक प्रकृया पुरा गरि शेयर जारी गर्ने बैंकले जनाएको छ ।