काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका का लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।
राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोली समेत) उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको छ।
यसैगरी भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरिएको छ। यसअघि यस्तो सुविधा अमेरिकी डलर २ हजार ५०० थियो।



About Us
प्रतिक्रिया