सीआईबीको १५ औँ स्थापना दिवसमा बैंकर्स संघ सम्मानित


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा नेपाल बैंकर्स संघलाई सम्मान गरेको छ। सीआईबीले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा संघलाई सम्मान गरेकाे हाे।

साे सम्मान बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका सन्ताेष कोइरालाले ग्रहण गरे।

सङ्गठित तथा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशिष्टीकृत निकायका रूपमा स्थापित सीआईबीले १५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

सीआईबीले स्थापना भएदेखि नै ठुला तथा जटिल अपराधहरूको अनुसन्धान गर्दै आएको छ । मानव बेचबिखन, आर्थिक अपराध, ठगी तथा ठुला मुद्दाहरूमा सीआईबीकाे विशेष भूमिका रहँदै आएको छ। स्थापना दिवसको अवसरमा ब्युरोले आफ्ना उपलब्धिहरू, चुनौतीहरू र आगामी कार्य योजनाबारे पनि जानकारी गराएको छ।