काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अडलट कारोबारलाई आज (साउन १) गतेदेखि सहज बनाएको छ। लगानीकर्ताको मागअनुसार नेप्सेले आजदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अडलट खरिद तथा बिक्री आदेश देखिने व्यवस्था लागू गरेको हो।
आजदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अडलटका खरिद तथा विक्री आदेशहरू समेत देख्न सकिने नेप्सेले जानकारी दिएको छ ।यसबाट आफूसँग अडलट धितोपत्र हुँदा अर्थात् १० कित्ताभन्दा कम शेयर किनबेच गर्न लगानीकर्तालाई सहज हुनेछ। धितोपत्र कारोबार विनियमावली २०७५ मा अडलट कारोबारसम्बन्धी व्यवस्था गरिएको छ।
यसअनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता र अंकित मूल्य १ हजार रुपैयाँ भएमा १ कित्ता मानिने व्यवस्था गरेको छ ।
विनियमावलीमा उल्लिखितभन्दा कम कित्ताको कारोबारलाई विनियमावलीले अडलट कारोबार भनिएको छ । जसलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिने गरेको छैन। धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अडलट बनाउन नपाउने व्यवस्था उक्त विनियमावलीमा व्यवस्था गरेको छ।






About Us
प्रतिक्रिया