शेयर बजारमा उछालः नेप्से ७५ अंकले बढ्दा सबै समूहमा हरियाली

‘बैंकिङ्ग समूहमा २६.७२ अंकको वृद्धि’


काठमाडौं – साताको अन्तिम कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार ३१ दशमलव ६१ अंकले बढेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७५ दशमलव ८४ अंकले बढेको छ । आज बढेसँगै बजार २८ सय ७५ दशमलव ८४ को बिन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ट्रेड टावर लिमिटेडका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्, त्यसैगरी, शुभम् पावर लिमिटेड र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसआइबीएल स्टेवलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् । आज १२ वटै उपसूचकमा हरियाली आएको छ ।