काठमाडौं – नेपाल राष्ट्र बैंकले लिएकाे सुरक्षित भुक्तानीको लक्ष्यलाई आईएमई र खल्तीको मर्जरले पूरा गर्ने डेपुटी गभर्नर बम बहादुर मिश्र बताएका छन् । यो मर्जर पश्चात् ट्रान्जेक्सनको प्रणालीमा हुने समस्याहरूको अन्त्य हुने अपेक्षा राखेको उनले बताए। उनले आईएमई पे र खल्ती वालेटको मर्जर र एकीकृत कारोबार सुरुसम्बन्धी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले राष्ट्र बैंकले बोकेको लक्ष्य प्राप्तिको लागि सबै डिजिटल प्लेटफर्मलाई शुभकामना दिँदै कुनै गुनासो नआउने हिसाबले काम गर्न सुझाव पनि दिएका छन् । उनी भन्छन्,‘ बैंक तथा वित्तीय संस्थाको मर्जर पश्चात् धेरै कर्मचारीहरूले हेला गरेको जस्तो भएको भनेर गुनासो आएको थियो । यो मर्जरमा यस्तो नहोस् । सबैलाई समान रूपमा लिएर अघि बढनुस् ।’
नेपाल सरकारले फेमवर्क भन्दै गर्दा नेपाल राष्ट्र बैंक भुक्तानीको पाटोमा मात्र अग्रसर हुने हुँदा सबै प्रणाली सुरक्षित बनाउँदै लाने योजना रहेको उनले उल्लेख गरे । ‘राष्ट्र बैंकले डिजिटल बैंकिङ्ग अगाडि लान कोसिस गर्दै गर्दा यसमा जोडिनु हुने सबै पक्षले यसको लागि गरेको योगदानले सहज पनि भएको छ ।’
उनले भने,‘ राष्ट्र बैंकले मौद्रिक नीति मा ल्याएको रेगुलेटरी स्यान्डबक्स ल्याएको छ । आगामी दिनमा टेक्नोलोजी इनोभेसनको पार्टमा भुक्तानी प्रणाली मार्फत समन्वय गरी अघि बढ्ने योजनामा छौं । ’



About Us
प्रतिक्रिया