नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं – नेपाल एसबीआई बैंकको ऋणपमा आवेदन दिने आज (साउन) १ गते अन्तिम दिन रहेको छ । बैंकले गत असार ३० देखि निष्काशन बिक्री खुला गरेको ऋणपत्रमा आज बैंकिङ्ग समय पश्चात् उक्त ऋणपत्रमा आवेदन दिने अवधि सकिने भएको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गरेको छ । बैंकले एक हजार अंकित दरका ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ, जसमा ६० प्रतिशत अर्थात, १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात, १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सार्वसाधारणमा बाँडफाँड गरिने छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।