नयाँ आर्थिक वर्ष सुरु, मौद्रिक नीति कार्यान्वयनमा जुट्यो राष्ट्र बैंक


काठमाडौं – आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । यससँगै, नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागी जारी गरेको मौद्रिक नीति कार्यान्वयनमा जुटेको छ ।

केन्द्रीय बैंकले वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै विभिन्न व्यवस्थाहरुको कार्यान्वयन गर्नुपर्ने बताएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) ६.० प्रतिशत कायम गरेको छ ।

यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २.७५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ४.५ प्रतिशत कायम गर्नुपर्ने बताएको छ ।

यसैगरी, राष्ट्र बैंकले रियल स्टेटको लागि प्रवाह गरिएको कर्जा सापट भन्नाले निम्नानुसारको कर्जा सापटलाई बुझ्नुपर्ने बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकमा पठाउने त्रैमासिक विवरण बुझाउने समय पनि थप गरेको छ । राष्ट्र बैंकले त्रैमास सक्किएको ७ दिन भित्र विवरण पेस गर्नुपर्ने व्यवस्था बढाएर १५ दिन पुर्याएको हो ।