एक हजारको नयाँ नोट छाप्न आकार र चित्र स्वीकृत


काठमाडौं – नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले २०८२ असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्त्रीपरिषद्को निर्णय एकै पटक सार्वजनिक गरेका हुन् ।

सरकारले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।

सरकारले प्रत्येक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। असार २३ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले यो निर्णय गरेको हो।

सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने  जापानी येन ५ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।

यस्तो छ निर्णयहरू :