दोस्रो दिनपनि शेयर बजारमा उछाल, नेप्से ३४.६१ अंकले बढ्दा १४ अर्बको कारोबार

‘बैंकिङ्ग समूहमा २३ दशमलव ७६ अंकको गिरावट’


काठमाडौं – बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ । मंगलबार ३६ दशमलव ८६ अंकले बढेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३१ दशमलव ६१ अंकले बढेको छ । आज बढेसँगै बजार २,७९७ को विन्दुमा कायम भएको छ । आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । आज केबिएल डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् भने थ्रि स्टारका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ८ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माईखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् । आज १३ वटै उपसूचकमा हरियाली आएको छ । सर्वाधिक नाफा आर्जन गर्नेमा आज विकास बैंकका लगानीकर्ता रहेको छन् । विकास बैंक समूह ३.७१ प्रतिशतले बढेको हो । साथै, वाणिज्य समूह १.७४ प्रतिशत, फाइनान्स समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।