उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?


काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताहरुलाई साउन १७ गते विशेष साधारण सभामा बोलाएको छ । संस्थाको असार ३१ गते बसेको सञ्चालक समितिको २३९ औं बैठकले सभा एशियन बुद्ध होटल, सि.न.पा.–८, रुपन्देही (भैरहवा) मा बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेकाे हाे।

उक्त सभा प्रयोजनका लागि संस्थाले साउन ७ गते बुक क्लोजको मिति तय गरेको छ । साथै, उक्त सभाबाट संस्थापक तर्फको शेयर स्वामित्व परिर्वतन गरी ६२.४१ प्रतिशत कायम गर्ने र सर्वसाधारणको शेयर स्वमित्व परिर्वतन गरी ३६.५९ प्रतिशत कायम गर्नेगरी वित्तीय संस्थाको प्रबन्धक पत्र नियमवाली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने भएको छ ।