काठमाडौं – अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैटौँ संशोधन) स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते नियमावली बनाउन स्वीकृत दिएकाे हो ।
नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गर्दै मन्त्रालयले २०८१\०८२ पत्र संख्याको सन्दर्भमा प्राप्त प्रस्तावअनुसार विनियमावली संशोधनको स्वीकृति दिएको जनाएको छ।
पत्रमा उल्लेख भएअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरबाट मिति २०८२/०३\३० मा निर्णय भइसकेको र सोहीअनुसार कार्यान्वयनमा जान अनुरोध पनि गरेको छ ।

मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्था समन्वय महाशाखाले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीसम्बन्धी नियमावलीको छैठौं संशोधनको मस्यौदा थप परिमार्जन गरी पुनः पेश गर्न पनि निर्देशन दिएको छ।
यो व्यवस्थासँगै सबै ब्रोकरले शेयर धितो कर्जा दिन पाउने भएको छ । यसैगरी, १ अर्ब भन्दा बढी चुक्ता पुँजी भएको ब्रोकरले आइपीओ ल्याउन पाउने व्यवस्था पनि भएको छ ।

धितोपत्र बोर्डलाई पठाइएको पत्रमा मन्त्रालयले पठाइएको संशोधन मस्यौदा समक्ष राखिएको भए तापनि हालको सन्दर्भ, आवश्यकता र औचित्यतालाई ध्यानमा राख्दै संशोधनको प्रकृया अघि बढाउन निर्देशन दिएको छ।
पत्रमा २०७९/०५२, चलानी नं. ३६६०, मिति २०८२/०३/१३ मा प्राप्त प्रस्तावको सन्दर्भमा पुनः मस्यौदा परिमार्जन गरी पेश गर्न अनुरोध गरिएको छ।



About Us
प्रतिक्रिया