पुरानो नगद लाभांश लिन आउन शेयरधनीहरूलाई गुह्येश्वरी मर्चेन्टको आग्रह


काठमाडौं – गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन आउन शेयरधनीहरूलाई कागजातसहित कम्पनीमा आउन आह्वान गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का लागि वितरण गरेको लाभांश अझै केही शेयरधनीहरूको नलिएको हुँदा सूचना जारी गरी बोलाएको हो।

शेयरधनीहरूलाई ललितपुरको पुलचोकस्थित हरिहर भवनमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ।

साथै,कम्पनीले लाभांश लिन बाँकी शेयरधनीहरूको नामावली आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको छ। निर्धारित समयभित्र लाभांश नलिने शेयरधनीहरूको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।