काठमाडौं – राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
शर्मा तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव थिए । प्राधिकरणको अध्यक्ष बन्नका लागि ६ जनाको आवेदन दिएका थिए । जसमध्ये प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र नेकपा एमाले सहकारी विभाग सदस्य डा. खगराज शर्माको नाम सिफारिस गरेको थियो ।






About Us
प्रतिक्रिया