काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले २ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता शेयर बिक्रीमा राखेको हो । जसको प्रतिकित्ता न्यूनतम मूल्य ३९० तोकेको छ ।
उक्त शेयरमा आवेदन दिन इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा सम्बन्धित शेयरधनीसँग समन्वयन गरी संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा रहेकाे छ ।






About Us
प्रतिक्रिया