काठमाडौं – सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले १६ लाख ४७ हजार ५८४ कित्ता शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा संस्थाको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आफूले खरिद गर्ने शेयर संस्था खुलाई निवेदन दिन सक्नेछन् ।
संस्थाले तोकेको समयावधि भित्रमा संस्थापक शेयर धनीबाट आवेदन नआएमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जनाएको छ ।






About Us
प्रतिक्रिया