बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिने क्रम जारी, एकैदिन ४३ अर्बले बढ्दै ७२ खर्ब ३७ अर्ब नाघ्यो 

सीडी रेसियो ७६.२३ प्रतिशत


काठमाडौं – बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ४३ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकिङ्ग प्रणालीको कुल ७२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।

अघिल्लो दिनसम्म कुल निक्षेप ७१ खर्ब ९४ अर्ब रुपैयाँ थियो। अघिल्लो दिनसम्म कुल निक्षेप ७१ खर्ब ९४ अर्ब रुपैयाँ थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ४२ अर्ब रुपैयाँले बढेको छ ।

अघिल्लो दिनसम्म वाणिज्य बैंककाे कुल निक्षेप ६४ खर्ब ५१ अर्ब रुपैयाँमा रहेकोमा २५ गते ६४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। अन्तर बैंक ब्याजदर ३ प्रतिशत, सीडी रेसियो ७६.२३ प्रतिशत रहेको छ ।