ऋणपत्र निष्काशन गर्दै नबिल बैंक


काठमाडौं – नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले साउन ६ गतेबाट जारी हुनेगरी ८ वर्षे अवधिको ७ प्रतिशत नबिल डिबेन्चर २०८९ निष्काशन गर्ने भएको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ० करोड रुपैयाँ बराबरको १ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। ऋणपत्रमा लगानीकर्ताले थोरैमा २५ कित्ताका र धेरैमा निष्काशनमा आएको सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रका लागि ९ गतेसम्म आवेदन दिन सकिनेछ ।