काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा २० लाख बिगो कायम भएका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली– ४ घर भई हाल ललितपुरको महालक्ष्मी– ८ बस्ने ६२ वर्षीय भिम प्रसाद निरौला रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोली ललितपुर महालक्ष्मी न– ५ ईमाडोलबाट पक्राउ गरेको छ ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मिति २०८१।११।१२ गते बिगो २० लाख सहित पक्राउ अनुमति प्राप्त भई सकेको प्रहरीले जनाएको छ । उनलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानको क्रममा उनी जिल्ला प्रहरी परिसर ललितपुरमा मिति २०८१।०१।२४ गते दर्ता भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको खुल्न आएको छ ।



About Us
प्रतिक्रिया