काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच (नेपालपेकार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई, विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपिएस-एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी फाइनान्सहरूमध्येको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले देशभरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटिएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्गमार्फत ग्राहकवर्गहरूलाई सेवाहरू प्रदान गर्दै आइरहेको छ ।



About Us
प्रतिक्रिया