काठमाडौं – समाज लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा असार २८ गते जानकी फैमली होटल एण्ड पार्टी प्यालेस मंलगवा, सर्लाहीबाट समपन्न भएको हो ।
सो सभाले साधारण सभामा प्रस्तुत भएका साधारण प्रस्तावहरु तथा विशेष प्रस्ताव अन्तगर्तको मर्जर सम्बन्धी सम्पूर्ण प्रस्तावहरु बहुमतले पारित र अनुमोदन गरेको छ।
साथै, सो सभाको विविध प्रस्ताव अर्न्तगतको संस्थाको संस्थापक तर्फको सञ्चालकमा जितु महतो र सर्वसाधारण तर्फको सञ्चालकमा युवराज गौतमलाई संचालक समितिले साधारण सभा नहुन्जेल सम्मका लागि नियूक्त गरेको छ ।
आर्थिक वर्ष २०८१/२०८२ को साधारण सभा नहुन्जेल सम्मका लागी उनीहरुको कार्यकाल थप गर्ने निर्णय बहुमतले पारित गरेको हो ।






About Us
प्रतिक्रिया