लुम्बिनी विकास बैंकलाई श्रम विभागको २ लाख जरिवाना


काठमाडौं – गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको भन्दै लुम्बिनी विकास बैंकलाई श्रम विभागको २ लाख जरिवाना तिराएकाे छ।विभागले लुम्बिनी विकास बैंकका र डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई २/२ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

विभागले कम्पनी र बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन निर्देशन दिएकाे छ ।