मौद्रिक नीति धेरै पक्षलाई सहज र व्यवस्थित बनाउने रणनीतिसहित सार्वजनिक भएको छः सीईओ रेग्मी


काठमाडौं – ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले आगामी आर्थिक वर्ष २०८२– ८३ को मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले बैकिङ्ग क्षेत्रलाई थप प्रोत्साहन दिने बताएका छन् । राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमामा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेको रेग्मीले बताए । यस्तो निर्णयले थप व्यवस्थित हुने उनको जिकिर छ। 

बैकिङ्ग समाचारसँग कुरा गर्दै सीईओ रेग्मीले भने ‘कर्जाको क्षेत्रमा पनि लचिलो नीति लिएको छ । यसले कर्जा बढ्ने देखिन्छ । यसको लागि बैंकहरुको नियमनको कुरा पनि आएको छ । रेग्मीले भने ,‘बैंकबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन जरुरी रहेको मौद्रिक नीतिमा समावेश भएको छ । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोड रुपैयाँबाट बढाएर  तीन करोड रुपैयाँ कायम गरेको हो। पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएका छ । यस्तो व्यवस्थाले सबै निकायलाई थप प्रोत्साहन मिलेको छ । ‘

त्यस्तै, निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था समावेश भएको छ ।  यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाएको हो । यसमा पनि कर्जाको पक्षलाई थप चलायमान बनाउन यस्तो किसिमको रणनीति लिएको उनले बताए । ‘यो पटकको मौद्रिक नीति धेरै पक्षलाई सहज र व्यवस्थित बनाउने रणनीति सहित सार्वजनिक भएको छ । तर यसको कार्यान्वयनको लागि के कसरी राष्ट्र बैंक अगाडि बढ्छ भन्ने कुरा प्राथमिकता हो । उनले भने।