साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै जोशी हाइड्रोपावर


काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साउन १५ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १ः०.६५ अनुपातमा अर्थात, ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ। कम्पनीका शेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा भदौ ४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।