काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकी सञ्चालक इला शर्माको शनिबार साँझ हृदयघातका कारण निधन भएको छ। करिब ६० वर्षकी शर्माको हृदयघात पश्चात् नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा २०८१ साल जेठदेखि सिटिजन्स बैंककाे सञ्चालकको भूमिकामा थिइन् ।
निर्वाचन आयोगकी पूर्व आयुक्त समेत रहेकी शर्माले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारमा एलएलएम, र युकेको युनिभर्सिटी अफ हलबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययनमा एलएलएम गरेकी थिइन्।
उनले निर्वाचन कानुन र नियमावलीको मस्यौदा तयार गर्ने उच्चस्तरीय समितिको नेतृत्व गरेकी थिइन्। इला शर्माले कानुन, मिडिया, शिक्षा, मानव अधिकार, व्यापार, वातावरण र निर्वाचन प्रणाली सुधार लगायतका क्षेत्रमा ३ दशकभन्दा बढी समय समर्पण गरेकी थिइन्।






About Us
प्रतिक्रिया